असाेज २९ बिहीबार
विराटनगर
मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोला बगरमा गोली प्रहार गर्दे गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका ३९ वर्षीय प्रमोद चौधरी र ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा भाग्न खोजेका व्यक्तिहरूलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि थप एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको सिजुवा प्रहरी ले जनाएको छ। पक्राउ परेका प्रमोद चौधरीको घुडामुनि गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि रंगेली अस्पतालमा ल्याएकाे छ ।
पक्राउ परेका दुवै जनासँगै थप करिब १०० केजी गाँजा पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान गरिरहेको
सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बूले बताए ।