काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (बुधबार) विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । विशेषगरी कोशी प्रदेशको पहाडी भू–भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
