मोरङ
मोरङको सुनवर्षी नगरपालिका–४ का वडाध्यक्ष छेदीया ( छेदी ) यादवले आफूले वडावासीको सुख–दुःखलाई नजिकबाट बुझेको उहाँले बताउनुभएको छ। जनताको दुःख मैले नबुझे कसले बुझ्छ ? भन्दै वडाध्यक्ष यादवले आफू निर्वाचित भएदेखि नै जनताको सेवामा निरन्तर खटिँदै आएको दाबी गरेका छन्।बिहानै होस् वा दिउँसो अथवा राति म वडाबासीको सेवा गर्न कमी गरेका छैनौँ l उहाँका अनुसार वडाध्यक्षको जिम्मेवारी सम्हालेको चार वर्ष बितिसक्दा आफूले हरेक दिन जनताका समस्या, गुनासा र आवश्यकतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्दै आएका छन्।वडावासीका समस्या समाधान गर्न आफू सधैं तयार रहेको बताउँदै यादवले जनप्रतिनिधिको वास्तविक जिम्मेवारी नै जनताको सुख–दुःखमा साथ दिनु हो l जनताले दुःख भोगिरहँदा जनप्रतिनिधि चुप लागेर बस्न मिल्दैन,” उनले भने, “जनताको समस्या बुझेर समाधानका लागि काम गर्नु नै मेरो जिम्मेवारी हो।चार वर्षको कार्यकालमा आफूले वडाको विकास र जनताको सेवाका लागि निरन्तर काम गरेको दाबी गर्दै वडाध्यक्ष यादवले आगामी दिनमा पनि जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ थियो l
