विराटनगर । मोरङको उर्लाबारीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–४ खोर्सानीबारीकी ६५ वर्षीया पवित्रा बास्तोलाको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा साँझ ६ बजेतिर उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी बास्तोलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।उपचारकै क्रममा उनलाई चिकित्सकले साँझ ७ः२० बजेतिर मृत घोषणा गरिदिएका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीकी इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
