विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एलायन्स युवा क्लब विराटनगरले विराटनगरसँग जोडिएको जोगबनी नाकामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।क्लबको आयोजनामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो। युवाहरूको सहभागितामा नाका तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै स्वच्छता र सामाजिक उत्तरदायित्वको सन्देश दिइएको थियो। एलायन्स युवा क्लबले स्थापना भएको छोटो समयमै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष विपुल चौधरीले बताउनुभयो। उहाँले आगामी दिनमा पनि समाजमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।युवाहरूलाई सामाजिक काममा सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा नेपाल प्रहरीको सहभागिता रहेको थियो।
