सिरहामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ गरेका छन् l

मोरङ

सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका ठकाई यादवलाई पक्राउ गरेको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ का यादवलाई आफ्नै गाउँस्थित मन्दिरमा साधुबाबाको भेषमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

२०३९ सालको घटनामा राजेन्द्र यादवको हत्या गरेको मुद्दामा उच्च अदालतबाट एक वर्ष कैद सजाय ठहर भएका यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न भई फरार रहेका अन्य ११ जना प्रतिवादीको समेत मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ।