विराटनगर । विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद गरेको छ।
मंगलबार राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए।
खानतलासी गर्दा भ्यानभित्र दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भ्यान र गाँजा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।