मधेस प्रदेशसभामा  प्रतिपक्षी दलका सांसदहरुद्वारा बैठक अवरुद्ध

मधेस प्रदेशसभामा कार्यदलको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेका छन्।
बजेटमाथि छानबिनका लागि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले हिजोको बैठकमा समेत अवरोध गरेका हुन्।

त्यसपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका गर्नु भएको थियो। सभामुख मण्डलले आफूले कार्यदलको संयोजक पदबाट राजीनामा दिएको सदनलाई जानकारी गराउनु भयो।

उहाँले कार्यदलले विभिन्न काम गर्नुपर्ने भएकाले अब समय अभावका कारण आफू संयोजक पदमा रहन नसक्ने जानकारी दिनु भयो ।

सोही क्रममा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले कार्यदल गठनमा सहमत रहेको जनाउँदै मुख्यमन्त्रीले यसमा प्रतिबद्धतासमेत जनाएको तर त्यसलाई नमानेको आरोप लगाउनु भयो । उहाँले बजेटमा भएको त्रुटिहरुलाई छानबिन गर्न कार्यदलमा मन्त्रीको नाम आएकाले आफूहरुले आपत्ति पनि जनाएको र मन्त्रीको नाम नहटाएसम्म त्यसको विरोध जनाउने प्रस्टाउनु भयो ।