रङ्गेली
असाेज २० मंगलबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर २ र ५ का नगर तथा वडा सभापति, उपसभापति र सचिवहरूका लागि माइन्डसेट, लेखन, उद्घोषण तथा सार्वजनिक भाषणकला (पब्लिक स्पिकिङ) सम्बन्धी प्रशिक्षण कार्यक्रम गराएको छ । प्रशिक्षणमा रतुवामाई, सुनवर्षी, कानेपोखरी, रङ्गेली तथा धनपालथानका गरी करिब ११० जना पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य प्रशिक्षक मञ्जरी घिमिरे (मञ्जु) ले जिम्मेवारीमा रहेका पदाधिकारीले सार्वजनिक स्थान, टोल तथा समुदायमा कसरी प्रस्तुत हुने, प्रभावकारी रूपमा कसरी बोल्ने, आफ्नो विचार कसरी स्पष्ट रूपमा राख्ने तथा जनतासँग व्यवहार गर्दा अपनाउनुपर्ने शैलीका विषयमा प्रशिक्षण दिएकी थिइन्। पार्टीका पदाधिकारीले आफ्नो जिम्मेवारीसँगै प्रभावकारी सञ्चार सीप विकास गर्न आवश्यक रहेको बताउदै “नेतृत्व भनेको पदमा मात्र सीमित हुने कुरा होइन। जनतासँग कसरी बोल्ने, आफ्ना कुरा कसरी स्पष्ट रूपमा राख्ने र समुदायमा कस्तो व्यवहार गर्ने भन्ने कुराले पनि नेतृत्वको प्रभाव निर्धारण गर्छ उनलेे बताईन । रङ्गेली नगर सभापति हरेन्द्र बरालले पार्टीका नेता तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्दै आफ्ना विचार र धारणा प्रभावकारी रूपमा सार्वजनिक गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए। उनले आगामी दिनमा सम्पूर्ण पदाधिकारी तथा कार्यकर्तालाई समेटेर थप प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताएका छन । प्रशिक्षणमा सहभागी हरूलाई पार्टीको संगठनात्मक जिम्मेवारीसँगै सार्वजनिक प्रस्तुति, लेखन, उद्घोषण, वक्तृत्वकला र जनतासँगको प्रभावकारी संवादका विषयमा प्रशिक्षण दिइएको बताए ।