
विराटनगर । झापा जिल्लाको बिर्तामोड–१०, पथरभिट्टामा आइतबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति ५३ वर्षीय पुष्प पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार पोखरेल आफ्नै नयाँ निर्माणाधीन घरमा पानी हाल्न मोटर जडान गर्ने क्रममा करेन्ट लागेको थियो। घटनाका बेला राति करिब ८ बजे उनी मोटर जोड्दै थिए। करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेललाई छिमेकी भवानी घिमिरेले तत्कालै बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
पोखरेल बिर्तामोडमा एक्लै बस्दै आएका थिए भने उनका परिवार पाँचथरमा बस्दै आएको छिमेकीहरूले बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।