इलामबाट काठमाडौं जाँदै माइक्रो बस बीपी राजमार्गमा दुर्घटना, तीन जना घाइते

काठमाडौं । इलामबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक माइक्रो बस काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । इलामबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेहरूको उद्धार गरेको थियो।

उद्धार गरिएका घाइतेलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

रातको समय र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनसमेत प्रयोग गरेको थियो।