
विराटनगर । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १,३०० रूपैयाँले घटेको हो।

मंगलबार प्रतितोला १ लाख ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार घटेर १ लाख ९२ हजार रूपैयाँमा झरेको छ। यससँगै बजारमा सुनको मूल्य पुनः घट्ने संकेत देखिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार २,२७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रूपैयाँले घटेर २,२६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,३३८ अमेरिकी डलरमा कारोबार भइरहेको देखिएको छ, जुन मूल्य नेपाली बजारको घटबढसँग प्रत्यक्ष सम्बन्धित मानिन्छ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मागमा आएको कमी तथा डलरको दरमा आएको उतारचढावका कारण सुनचाँदीको मूल्यमा गिरावट आएको हो।