
विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारमा लुकाएर राखिएको करिब ३२३ किलो गाँजा बिहीबार बिहान बरामद गरेको छ।

प्रहरी निरीक्षक नरेन्द्र बोगटीको कमाण्डमा गएको टोलीले बिहान करिब १:०० बजेको समयमा १० बोरामा प्याक गरिएको ३२३.३०० ग्राम (३२३ किलो ३०० ग्राम) गाँजा फेला पारेको हो।
हाल बरामद गाँजा प्रहरीको नियन्त्रणमा राखिएको छ भने घटनामा संलग्न व्यक्तिहरुको खोजतलास तथा पहिचानको कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।