रंगेली प्रहरीकाे शान्ति सुरक्षा फितलो किन ?  पुनः ट्रान्सर्फमर चाेरी

जेष्ठ २३ शुक्रबार

ईलाका प्रहरी कार्यलय रंगेलीमा बिगत दुई महिना अगाडि काठमाडौ बाट सरुवा भएर आएका प्रहरी निरिक्षक नगेन्द्र बाेगटिले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षामा दिन सकेका छैनन् ।

रंगेलीमा बिगतका दिनहरुमा गाउँघरमा सामन्य चाेरीहरु मात्रै हुदै आईरहेकाे भएता पनि प्रहरीलाई चुनाैती दिदै ईलाका प्रहरी देखि ३ किलोमिटर टाढामा रहेको रङ्गेली ७ स्थित मुन्डाकालीकामा कृषकहरुले  सिचाइका लागि सन्चालनमा रहेको  ट्रान्सर्फमर  शुक्रबार राति चाेरी भएको थियोे । उक्त  भएको घटना सेलाउन नपाउदै बिहीबार राती रंगेली १ स्थित प्रहरी चाैकी देखि ३ किलोमिटर टाढामा रहेको  जिरायत टाेलमा खानेपानी संस्थाका लागि १० दिन अगाडि मात्रै जडान गरिएको ट्रान्सफर्मर बिहीबार राति चाेरी भएको छ ।

जनताकाे जिउधनकाे शान्ति सुरक्षामा प्रहरी खटिएता पनि प्रहरीको शान्ति सुरक्षाले पछिल्लो २४ घन्टा बित्न नपाउदै प्रहरीलाई पुनः अर्को चुनाैति थपिएको छ । रंगेली प्रहरीले आफ्नो क्षेत्रमा  सादा पाेसाकमा प्रहरीहरु समेत खटाएता पनि उनिहरुले समेत सुरक्षामा चुनाैति थपिएको छ । अहिले कृषकहरुले  सिचाइ  गर्नेका लागि  राखिएको ट्रान्सफरम चाेरी भएपछि  कृषकहरुले धान राेप्नकालागी खेती तयारी गर्नेकालागी सुरुगर्ने समयमा  ट्रान्सर्फमर चाेरी भएपछि अहिले कृषकहरु चिन्ता बनेका छन ।