
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै साम्पाङले नगरपालिकाको जग्गा लैजान नपाउने भन्दै त्यसलाई फिर्ता गर्नुपर्ने भन्दै पत्र पठाएका हुन् ।
मेयर साम्पाङले पठाएको पत्रमा भनिएको छ, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमाभुलेर अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी अस्पतालको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला ।’