ग्रिल कार्यक्रमसँगै हस्ताक्षर अभियान सञ्चालन 

विराटनगर । नेपाल कल्चर एण्ड स्पोर्ट क्लब साल्जबर्ग अष्ट्रियाको आयोजनामा

ग्रिल कार्यक्रम तथा प्रतिशोध विरुद्धको हस्ताक्षर संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

दुवै कार्यक्रम एउटै स्थानमा सञ्चालन गरिएको थियो । जसमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य सामाजिक सद्भाव र सांस्कृतिक एकता प्रवद्र्धन गर्नुका साथै हिंसा र प्रतिशोधजस्ता नकारात्मक प्रवृत्तिहरूको विरोध गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा रवि लामिछानेविरुद्ध राज्यसत्ताले गरेको प्रतिशोधपूर्ण ज्यादतीविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको थियो । हस्ताक्षर अभियानमार्फत सहभागीहरूले समाजमा फैलिरहेको घृणा र बदला प्रवृत्तिको विरोध गर्दै शान्तिपूर्ण सहअस्तित्वको पक्षमा ऐक्यबद्धता जनाएका थिए । यसका साथै ग्रिल कार्यक्रममार्फत स्थानीय परिकार र मेलमिलापको वातावरण सिर्जना गरिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । जसले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरेका थिए ।