भारतीय नागरिक सुँगुर फार्ममा मृत भेटिए

संसारी खबर
संसारी खबर || शुक्रबार, साउन ०९, २०८२
भारतीय नागरिक सुँगुर फार्ममा मृत भेटिए
भारतीय नागरिक सुँगुर फार्ममा मृत भेटिए

विराटनगर । भारत सिक्किमका ६५ वर्षीय डम्बरबहादुर मगर बिर्तामोड–६ स्थित सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् ।   उनी ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक मगर बिर्तामोड–६ शुभबिहानी टोल बस्ने सरोज लावतीले सञ्चालन गरेको सुँगुर फार्ममा काम गर्दै आइरहेका थिए । बुधबार बिहान ६ः३० बजे मगर फार्मभित्रै ओछ्यानमा मृत फेला परेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बधित पोस्ट

रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाले गोली चलाउँदा २ कैदीबन्दीको मृत्यु नवराज श्रेष्ठ रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये रामेछाप अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको र १२ जनाको उपचार भैरहेको उनले बताए। ‘कैदीबन्दीहरूले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजे। त्यसपछि सेनाले गोली चलायो,’ प्रजिअ थापाले भने। मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को एक जना जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका थिए । रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ। हालै देशभरका विभिन्न कारागारमा कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला रामेछाप तुलनात्मक रूपमा शान्त रहेको भनिएको थियो। तर बिहीबार बिहान यहाँका कैदीबन्दीले पनि सामूहिक भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य हुनुपरेको बताइएको छ ।