वीरगञ्जमा खानेपानीको हाहाकार

विराटनगर । मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ ।

अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नम्बर वडा विन्ध्यवासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाव देखिएको छ ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) ६ वटा दमकलको साहेता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए ।

स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए । पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरू वडा, पालिकाले केही गरेको छैन उनले बताए ।