भारतको एक हिन्दु मन्दिरमा भएको भागदौडको क्रममा ६ जनाको मृत्यु ।

भारत । उत्तरी भारतको उत्तराखण्ड राज्यको एक हिन्दु मन्दिरमा आईतवार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिव ५३ किलोमिटर दक्षिणमा रहेको हरिद्वार जिल्लाको मनसा देवी मन्दिरमा भागदौड मच्चिएको थियो ।

मन्दिरको बाटोबाट १०० मिटर तल सिँढीमा रहेका एक भक्तलाई बिजुलीको झट्का लागेको हल्लाले अरूलाई आतंकित बनाएको थियो । जसले गर्दा घटनास्थलमा भागदौड मच्चियो ।