
विराटनगर । सीमा क्षेत्रमा जारी युद्ध अन्तका लागि थाइल्याण्ड र कम्बोडिया सहमत भएकाछन् ।

मलेशियामा हिजो भएको शान्ति वार्ताका क्रममा दुवै राष्ट्र विना शर्त तत्काल युद्धविराम गर्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
वार्तापछि गरिएको पत्रकार सम्मेलनमा युद्धमा होमिएका दुवैराष्ट्रका नेताहरुले हात मिलाएका थिए । तर दुवैजनाले प्रेसको प्रश्नको भने जवाफ दिएका थिएनन् ।
सोही क्रममा मलेशियाका नेता इम्ब्राहिमले शान्ति, स्थायीत्व र सुरक्षाका लागि दुवै राष्ट्रले महत्वपूर्ण कदम सहमतिबाट लिएको बताएका हुन। कम्बोडिया र थाइल्याण्डको सीमा क्षेत्रमा गत विहीबारबाट चर्किएको युद्धका क्रममा हालसम्म ३३ जना नागरिकको मृत्यु भइसकेको छ ।