विराटनगरमा निकिलिने ऐतिहासिक श्रीराधाकृष्ण रथयात्राको तयारी तीव्र

विराटनगर । भदौ १ गते विराटनगरमा सम्पन्न हुने श्रीराधाकृष्ण रथयात्राको ५८ औं संस्करण सम्पन्न गर्न १ हजार १ सदस्यि मूल समारोह समिति गठन गरिएको छ ।

दक्षिण एशियाकै दोश्रो ठुलो रथयात्राका रुपमा स्थापित श्रीराधाकृष्ण रथयात्रा ब्यवस्थित र भब्यरुपमा सम्पन्नगर्न श्री राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यिय मूल समारोह समिति गठन गरिएको हो ।

सोहि समितिको मातहत रहनेगरि १६ वटा उपसमितिहरु समेत गठन गरिएको छ । समितिले हिजो पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ ।

अध्यक्ष रेग्मीले रथयात्रा सफल बनाउन गठित समिति, उपसमितिका साथै आम नगरबासीका साथै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको समेत बताउनुभयो । यसबर्ष नयाँ रथको निर्माण भईरहेको र ८० प्रतिशत निर्माण कार्य समेत पुरा भईसकेको उहाँले बताउनुभयो ।

यस्तै श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर वितरण गर्ने गरिएको १ लाख १ हजार राशीको पोखरमल राठी धर्म संस्कृति पुरस्कार यसबर्ष श्री परमार्थ सिंघिया आरती सेवा समितिलाई प्रदान गरिने आयोजक समितिले जनाएको छ ।