
विराटनगर । बैतडीकी २० वर्षीया अनमी जानकी पुजाराले निस्सासिएको अवस्थामा जन्मिएको एक नवजात शिशुको ज्यान मुखले सास दिई बचाउन सफल भएकी छन्।

सिगास गाउँपालिका अन्तर्गतको कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी पुजाराले करिब ८ घण्टासम्म नवजातलाई मुखबाट सास दिँदै जीवनदान दिएकी हुन्।
स्वास्थ्य केन्द्रमा जीवनरक्षक उपकरणको अभाव थियो। त्यसमाथि गाउँमा यातायातको सुविधा समेत नहुँदा शिशुलाई सुविधासम्पन्न अस्पतालमा लैजान सकिएको थिएन। हेलिकप्टर पनि जान नमानेपछि विकल्प नभएको अवस्थामा अनमी पुजाराले मानवीयता र साहस देखाउँदै बच्चाको ज्यान बचाएकी हुन्।