
विराटनगर । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा ५०० रुपैयाँले कम हो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार २३५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा आएको गिरावटको कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव रहेको बताइएको छ। मूल्य घटेसँगै उपभोक्ताहरूले केही राहत महसुस गरेका छन्।