दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले फैसला गरेको हो ।

अदालतकी सूचना अधिकारी पार्वती हितानले जिल्ला अदालत काठमाडौंको हकमा पनि उनलाई ३ लाख धरौटीमा छाड्न आदेश भएको बताइन् ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि प्रसाईंलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो