फिल्म ‘मोहर’ को टिकट बुकिङ सुरु ,सुखद शो पाउने संकेत

विराटनगर । फिल्म मेकर्स प्रा.लिको ब्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ को देशभरका प्रमुख मल्टिप्लेक्स हलहरूमा अग्रिम टिकट बुकिङ सुरु भएको छ। केही हलले मंगलबारदेखि नै बुकिङ खुला गरेका थिए भने बाँकीले आज (बुधबार)देखि बुकिङ सुरु गरेका छन्।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’ ले मल्टिप्लेक्सहरूमा उत्साहजनक शो प्राप्त गरेको छ। काठमाडौं उपत्यकादेखि मोफसलसम्मका हलहरूले फिल्मलाई उल्लेखनीय शो दिएका छन्, जसले फिल्मप्रति दर्शकको चासोलाई प्रतिबिम्बित गरेको छ।

हालसम्म ‘मोहर’ ले निम्न शो प्राप्त गरेको छ:

इलाइट सिनेमा, इटहरी – ४ शो,बिग मुभिज – २ शो,क्यूएफएक्स छाया – २ शो,आईएनआई सिनेमाज लोत्से – ३ शो,आईएनआई सिनेमाज बाँनेश्वर – ३ शो,वान सिनेमाज नयाँ बाँनेश्वर – ४ शो,वान सिनेमाज कालिमाटी – २ शो,एफक्यूब सिनेमाज – ३ शो,क्यूएफएक्स राइजिङ मल – १ शो,बीएसआर मुभिज, गंगबु – ३ शो,क्यूएफएक्स भक्तपुर – २ शो,क्यूएफएक्स ट्रेड मल पोखरा – ३ शो,क्यूएफएक्स जलमाल – २ शो,क्यूएफएक्स सिजी मल, चितवन – २ शो ,कावासोती सिनेमाज – ३ शो,म्याङ्गो जनज्योती, पर्सा – २ शो ,क्यूएफएक्स बुटवल – २ शो,क्यूएफएक्स एपेक्स मल, दमौली – २ शो ,क्यूएफएक्स विराटनगर – १ शो ,क्यूएफएक्स विर्तामोड – २ शो,पाथिभरा सिनेप्लाजा, विर्तामोड – २ शो,एसटीसी सिनेमा – २ शो ,सीडीसी सिनेमाज, सुनधारा – ४ शो ,क्यूएफएक्स लाबिम मल – २ शो ,क्यूएफएक्स सिभिल मल – ३ शो ,क्यूएफएक्स दरबारमार्ग – १ शो ,क्यूएफएक्स सिटी स्वायर – ३ शो ,क्यूएफएक्स बागेश्वरी – २ शो

अझै थुप्रै मल्टिप्लेक्सहरूबाट शो सार्वजनिक हुन बाँकी रहेका कारण ‘मोहर’ ले देशभर सुखद शो संख्या पाउने स्पष्ट संकेत मिलेको छ।

फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्म ‘मोहर’ को गीत, संगीत र ट्रेलरले दर्शकको अत्यधिक साथ पाइसकेको छ, जसका कारण बक्स अफिसमा फिल्मले बलियो ओपनिङ गर्ने अपेक्षा निर्माण टिमले व्यक्त गरेको छ।

सामाजिक रूपमा सन्देशमूलक विषयवस्तु उठान गर्ने फिल्म ‘मोहर’ ले देउकी प्रथाको कथा प्रस्तुत गर्दैछ। यसले दर्शकमाझ गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ।