क्रिकेटर ललित राजवंशीलाई मातृशोक

बिराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशी आमाको निधन भएको छ।

विराटनगर–१४ जतुवास्थित आफ्नै घरमा ६० वर्षीया शुभकुमारी (शुभो) राजवंशीको आइतबार बिहान निधन भएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए। उनी लामो समयदेखि दम र फोक्सोको रोगबाट पीडित थिइन्।

छिमेकी राजकुमार विश्वासका अनुसार, शनिबार राति औषधि खाएर सुत्नु भएको उनीलाई आइतबार बिहान छोरी सुमन राजवंशीले उठाउन जाँदा मृत्यु भएको थाहा पाएको हो। त्यसपछि घरका सदस्यलाई खबर गरिएको थियो।

अन्तिम संस्कार आजै सिंघीया खोलामा विधिपूर्वक गरिनेछ। ललित राजवंशी अन्त्येष्टीमा सहभागी हुन घर फर्किसकेका छन्।

मृतक शुभकुमारीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर राजवंशी, माइला छोरा रामकिशोर राजवंशी, कान्छा छोरा ललित नारायण राजवंशी, र एक छोरी सुमन राजवंशी रहेका छन्।