नबिल बैंकमा गोल्ड टेस्टरको लागि कर्मचारी माग

विराटनगर । नबिल बैंकले गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको छ।

बैंकका अनुसार, उम्मेदवारले एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्छ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको अनुभव आवश्यक छ।

उम्मेदवारको उमेर ३० वर्षभन्दा कम हुनुपर्नेछ। इच्छुकले भदौ ५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।