विराटनगर। गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ।
मृतकमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैकेह, क्यामेरा सहायक इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेका छन्।
अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।
आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको एक आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरेको छ, तर अल जजिराले यसलाई असत्य र पत्रकारमाथिको लक्षित ‘उत्तेजना अभियान’को हिस्सा भएको जनाएको छ।
आक्रमण हुनुअघि अनस अल–शरीफ सामाजिक सञ्जालमार्फत गाजा सिटीमा भइरहेको भीषण बमबारीको विवरण दिइरहेका थिए।
‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’का तथ्याङ्क अनुसार, अक्टोबर २०२३ देखि सुरु भएको इजरायली सैन्य कारबाहीमा अहिलेसम्म १८६ पत्रकारको ज्यान गइसकेको छ।