विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशीकी आमा शुभकुमारी देवी राजवंशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्की आज विराटनगर–१४ स्थित राजवंशी निवासमा पुगेर शोकाकुल परिवारजनसँग भेटघाट गर्दै संवेदना प्रकट गर्नुभएको हो। उहाँले स्वर्गीय राजवंशीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभकामना गर्नुभयो।
राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका ललित राजवंशीकी आमा शुभकुमारी देवीको ६३ वर्षको उमेरमा निधन भएको हो।