झापामा खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

विराटनगर । झापाको दमक–१०, जहदामा खोलामा बगेर एक बालकको मृत्यु भएको छ। मृतक ११ वर्षीय धर्मेन्द्र प्रसाईं स्थानीय इन्द्र प्रसाईंका छोरा हुन्।

आज बिहान भालुखोला तर्ने क्रममा धर्मेन्द्र बगेका थिए। घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा करिब आधा घण्टापछि उनलाई उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएको थियो।

प्रहरी निरीक्षक नवीन राईका अनुसार, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले धर्मेन्द्रलाई मृत घोषणा गरेका छन्।