इलाममा पहिरोले एकको मृत्यु

विराटनगर। इलामको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईका अनुसार मृतक ६० वर्षीय वीरबहादुर राई स्थानीय खोल्सातर्फ घर फर्कँदै गर्दा पहिरोमा पुरिएका हुन्। मंगलबारदेखि लगातार भइरहेको वर्षापछि आएको पहिरोमा पुरिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।

हालैको वर्षाका कारण इलामको हर्कटे लगायतका क्षेत्रमा समेत पहिरो खसेको छ। ठूला ढुंगासहितको पहिरोले सडक अबरुद्ध भई यातायात सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने कार्य जारी छ।