
विराटनगर । नेपाली बजारमा बिहीबार (साउन २९) सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ पुगेको हो। बुधबार (साउन २८) सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला २,३४० रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको मूल्य भन्दा १५ रुपैयाँ बढी हो। बुधबार चाँदी प्रतितोला २,३२५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।