
विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरस्थित तिनपईनीमा रहेको राधाकृष्ण मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि भक्तजनहरूले भगवान् श्रीकृष्णको जन्मोत्सव विशेष उत्साहका साथ पूजा–अर्चना गरेर मनाएका छन्।
भक्तजनहरूले दिनभरि उपवास (व्रत) बसेर बेलुकी मध्यरातमा भगवान् श्रीकृष्णको जन्मको घडीमा पूजा अर्चना गर्ने परम्परा रहेको छ। व्रत बसेकाले भोलिपल्ट मात्र व्रत फुक्ने गर्छन्।
यसैबीच, भोलि विराटनगरमा भगवान् श्रीकृष्णको जन्मोत्सवको उपलक्ष्यमा भव्य रथयात्रा निकालिने तयारी भएको छ। प्रत्येक वर्ष यहाँको रथयात्रा देशकै सबैभन्दा ठूलोमध्ये एक मानिन्छ। धार्मिक विश्वासअनुसार, रथ तानेर भगवानको दर्शन गर्नेले विशेष पुण्य प्राप्त हुने मान्यता छ।
एशियाकै दोस्रो ठूलो मानिने यस रथयात्रामा सहभागी हुन देशभरिबाट लाखौं भक्तजन विराटनगर आउने गरेका छन्। रथयात्रामा सहभागी भक्तजनहरूले भगवान् श्रीकृष्णको आशीर्वाद प्राप्त गर्ने विश्वास राख्दै रथ तान्ने गर्दछन्।
तस्वीरहरु;-