
मोरङ/ लैंगिक हिंसा, मानव अधिकार र यौन शोषण तथा दुव्र्यवहारबाट संरक्षणसम्बन्धी दुई दिने तालिम पथरीशनिश्चरेमा सम्पन्न भएको छ। गैरसरकारी संस्था लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा सम्पन्न उक्त तालिममा झापा र मोरङ जिल्लाका २८ जना स्थानीय मानव अधिकार रक्षक, सामाजिक कार्यकर्ता तथा वडास्तरीय जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।

तालिममा लैंगिक समानता र समता, लिंग र लैंगिकता बीचको भिन्नता, यौन तथा लैंगिक हिंसाका कारण र असर, मानव अधिकारका आधारभूत अवधारणाहरू, लैंगिक हिंसा सम्बन्धी कानुनी प्रावधानहरू, पीडितहरूको समस्या पहिचान तथा सहयोगका उपायहरू, हिंसाजन्य घटनाको सिफारिस संयन्त्र र कार्यपद्धति सम्बन्धी विषयहरूमा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रममा लुथरन सामुदायिक कल्याण समाजका सुमन राईले विषयगत प्रस्तुति दिएका थिए भने कोशी प्रदेश सामाजिक विकास मन्त्रालयमा मनोसामाजिक मनोविमर्शकर्ताको रूपमा कार्यरत तोया देवी लिम्बूले तालिमको सहजीकरण गरेकी थिइन्।
लुथरन सामुदायिक कल्याण समाजका कार्यक्रम संयोजक जोयल सोरेनका अनुसार उक्त तालिम एल.टु.जी परियोजना अन्तर्गत ई.एल.सी.ए तथा एल.डब्लु.एफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। तालिमको उद्देश्य सहभागीहरूको सीप अभिवृद्धि गर्दै स्थानीय स्तरमा मानव अधिकार संरक्षण र लैंगिक हिंसाविरुद्धको चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।