३१ साउ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन लागिएको छ ।
उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।
सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाडौं आउनेछन्