
विराटनगर । रोल्पाको माडी गाउँपालिका–३ गरगरेस्थित सहिद राजमार्ग आज (भदौ ३) बिहान पहिरोका कारण अवरुद्ध भएको छ।
रुकुम–घोराही सहिद मार्गमा बिहान साढे ६ बजेतिर माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन बीच बाटैमा अलपत्र परेका छन्।
प्रहरीका अनुसार सडक खोल्ने प्रयास भइरहेको छ। पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउन डोजर परिचालन गरिएको भए पनि अझै सडक खुल्न समय लाग्ने अनुमान गरिएको छ।
सडक अवरुद्धका कारण यात्रुहरूलाई समस्या भएको छ भने स्थानीय बासिन्दाको दैनन्दिन आवागमनमा समेत अवरोध भएको छ।