
विराटनगर / झापाको दमकस्थित पशुहाट बसपार्क अगाडिको सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा कमल गाउँपालिका–५ बस्ने ३५ वर्षीया उमा गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक उनका श्रीमान् भने घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार दमक बजारतर्फ आइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल सडकमा च्यापिँदा उमा गौतमको घटनास्थलमै मृत्यु भएको हो । उनका श्रीमानलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।
घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।