विराटनगर । संघीय संसदको उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिरहेको सत्तारुढ गठबन्धन दल नेकपा एमाले र नेपाली कांग्रेसले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई पनि हटाउने तयारी गरेको आशङ्का विपक्षीहरूले गरेका छन् । कोशी प्रदेश सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेती ‘सुशील’ले कोशीका सभामुख विष्टलाई पनि हटाउन ‘बन्द कोठा’मा तयारी भइरहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस !