
विराटनगर । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा १,३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (भदौ ५) छापावाल सुनको मूल्य तोलाको १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ ।
बुधबार (भदौ ४) छापावाल सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धी भएको छ । बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर २ हजार २९० रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।