
विराटनगर। जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको लागुऔषधसहित सात युवालाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकैबाट १७ हजार ४०० थान ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई आज बिहान नियन्त्रणमा लिएको हो ।
कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये भारतको विहार राज्य, पश्चिम चम्पारणका एक युवक पनि रहेका छन् ।
हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ ।