चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक

विराटनगर। सरोज पौडेल निर्देशित चलचित्र **‘कोशेढुंगा’**को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको लोकप्रिय गीत **‘के बरै’**लाई रि–रेकर्ड गरेर यस चलचित्रमा समावेश गरिएको हो।

गीतलाई आशिष अविरलले स्वर दिएका छन्। परदेश गएको छोरो दुस्मनको घेरामा परेपछि अन्तिमपटक परिवारलाई सम्झिएको भावनात्मक कथा यस गीतमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू देखिएका छन् भने अभिनेता मुकुन भुसाललाई सारंगी बजाउने पात्रमा प्रस्तुत गरिएको छ। उनको यो पात्र ‘पूर्णबहादुरको सारङ्गी’मा देखिएको वीरे पात्रसँग मिल्दोजुल्दो बनाइएको छ।

आगामी भदौ १२ गते रिलिज हुन लागेको चलचित्र ‘कोशेढुंगा’मा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रका निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस;-