
विराटनगर । झापाको कनकाइ नगरपालिका–१ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। स्थानीय ३७ वर्षीय पङ्कज माझीले बिहान करिब ८:३० बजे खहरे खोलामा बिजुलीको खम्बाबाट करेन्ट लगाएर माछा मार्ने क्रममा ज्यान गुमाएका हुन्।
घटनाबारे जानकारी पाएपछि अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।