त्रिशूली नदीमा पौडी खेल्दा एक बालक बेपत्ता, एकको सकुशल उद्धार

विराटनगर।  चितवनको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् भने अर्को बालकको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार साँझ नदीमा पौडी खेल्दा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने त्रिशूली नदीले बगाएर बेपत्ता भएका हुन्।

उनैसँग पौडी खेल्न गएका भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकाललाई भने स्थानीय सोमबहादुर बोटेले सकुशल उद्धार गरेका थिए।

प्रहरी नायब उपरीक्षक अशोक थापाले उद्धार भए पनि लामिछाने अझै बेपत्ता रहेको र उनको खोजीकार्य भइरहेको जानकारी दिएका छन्।