ड्युटीमा निस्कँदै गरेका असई इन्द्र भुजेलको निधन

विराटनगर । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको आज बिहान निधन भएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल अचानक बेहोस भई ढलेका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा निधन भएको गौतमले जानकारी दिए।

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने आशंका गरिएको छ। उनकाे स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ।