
विराटनगर । चितवनमा भएको कार दुर्घटनामा एक जना चिकित्सकको ज्यान गएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने डा. विप्लव भट्ट रहेका छन्।
आज (शनिबार) बिहान करिब १ः३० बजे बा १५ च ४६९३ नम्बरको कार भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।