मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर ।मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा स्थानीय ३२ वर्षीय अमिर गोपाली गम्भीर घाइते भएका थिए।

उनीलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनापछि ट्रक र मोटरसाइकल दुबै नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको छ।