 
विराटनगर ।बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण लगानीकर्ताका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन भएको छ।
कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यस आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल इस्योर रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओको बाँडफाँड सम्पन्न भइसकेको थियो। धितोपत्र बोर्डबाट अनुमति पाएको कुल ५८ लाख ६० हजार कित्ता शेयरमध्ये बाँकी रहेको भाग हाल सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
 
                 
                 
           
           
           
           
          