
विराटनगर ।नेपाली बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य फेरि नयाँ रेकर्डमा पुगेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
यसैगरी चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढ्दै २ हजार ४७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर देखिएको मूल्य वृद्धिको असर नेपाली बजारमा पनि परिरहेको छ।