
विराटनगर । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आज पक्राउ गरेको हो।
प्रहरी प्रमुख चक्रबहादुर मल्लका अनुसार गुरुङले एक साताअघि ३४ वर्षीया पत्नी सुमित्राको हत्या गरी भान्साकोठमै शव गाडेका थिए। छोरी हराएको भनी परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान गर्ने क्रममा भान्सामा सडेको अवस्थामा शव फेला परेको हो।
घरायसी विवादका कारण आवेशमा आएर हत्या गरेको अभियुक्तले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्। पक्राउ परेका गुरुङ प्युठानको नौबहिनी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।