विदेश पठाउने नाममा ठगी गर्ने दुई जना पक्राउ

विराटनगर । विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० का ३५ वर्षीय सरोज सुवाल र रौतहटको चन्द्रपुर नगरपालिका–२ की २७ वर्षीया सिर्जना कार्की रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार उनीहरूले सर्विया र रोमानिया पठाइदिन्छु भन्ने प्रलोभनमा पारेर रकम ठगेका हुन्। अनुसन्धान क्रममा सुवालले ३ लाख रुपैयाँ र कार्कीले ४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको जनाएको छ।